विराटनगर । महेन्द्र मोरङ क्याम्पस, विराटनगरका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै विद्यार्थी हुन् । उनीहरूले तीनवटा कुर्सि तोडफोड गरेको र स्ववियु निर्वाचन कार्यालय पनि तोडफोड गर्न खोजेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय विद्यार्थी प्रज्वल अधिकारी, विराटनगर–७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर–१ बस्ने १९ वर्षीय विद्यार्थी तिलक खड्का छन् ।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ)मा विवाद छ । संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले यस क्याम्पसमा विरोध गर्दै आएको छ । इतर समूहले निर्वाचन समितिको कार्यालयमा ताला पनि लगाएको छ ।
105
Shares
१ चैत्र २०८१, शनिबार ०९:१६