विराटनगर। विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका तर्फबाट अनिश बोगटी सहितको टिमले प्रतिस्पर्धा गर्दैछ ।

अध्यक्षमा बोगटी, सचिवमा रिङ्कुकुमारी चौधरी र कोषाध्यक्षमा मन्दिप पोखरेल उम्मेदवार बनेका छन्। यसैगरी सदस्यहरुमा प्रवीण घिमिरे, कृपा बुढाथोकी, शैलेन्द्र साह, रोमान्सकुमार खवास, जुनेश नेपाल, उदयप्रसाद गुप्ता रौनियार, कृताञ्जली श्रेष्ठ र सुमन खड्कालाई उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ। निर्वाचन आगामी चैत ५ गते हुँदैछ।
2.4k
Shares
३० फाल्गुन २०८१, शुक्रबार ०७:५१