महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिए ।
कार्यक्रममा मेयर कोइरालाले होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिए । होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने मेयर कोइरालाको भनाइ थियो ।कार्यक्रममा एकआपसमा रंग दलेर शुभकामना आदानप्रदान गरिएको थियो । होलीका गीतमा सामूहिक नृत्यसमेत प्रस्तुत गरिएको थियो । महानगरले होलीका अवसरमा हरेक वर्ष शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएको छ ।