विराटनगर। विराटनगरमा सम्पन्न नवौं संस्करणको विराट गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ।

चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै थ्रीस्टारले दोस्रो पटक उपाधि जितेको हो।

खेलको पाँचौं मिनेटमा विजेता टिमका खेमराज श्रेष्ठ र ६३औँ मिनेटमा दीपेश घलेले गोल गरे।

उपाधि विजेता थ्रीस्टारले ११ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइजले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।

28
Shares
२८ फाल्गुन २०८१, बुधबार २१:२७