अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताए । उनले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने बताए ।
‘तीनै तहका सहकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ,’मुख्यमन्त्री कार्कीले भने,‘प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ ।’
विराटनगर । कोशी प्रदेशमा’अबको युद्ध, दुर्व्यसनीविरुद्ध’अभियान सुरु भएको छ । बुधबार सुनसरीको इटहरीबाट कोशी प्रदेश प्रहरीले अभियान सुरु गरेको हो ।
21
Shares
