विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा गरिबी निवारण चाँडो गर्न सकिने बताएका छन् । कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले गरिबी निवारण गर्न कोशीमा चाँडो गर्न सकिने बताए ।

२० प्रतिशतभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । तर, कोशी प्रदेशमा निरपेक्ष गरिबीको संख्या अलि थोरै रहेको ओलीले बताए ।

उनले के भएन भन्ने भाष्य गलत भएको दाबी गरे । उनले जनताको अवस्था पनि सुधार भएको बताएका हुन् ।

उनले कृषिको क्षेत्रमा ध्यान नपुगेको बताए । कृषिलाई विकास र समृद्धिको आधार बनाउने योजना रहेको उनको भनाइ छ ।आधारभूत आवश्यकता पूरा गरी गरिबी हटाएर समृद्धिको बाटोमा लाग्न खोजेको ओलीले बताए ।

कृषि, पर्यटन, व्यापारसहित बृहत् क्षेत्रमा काम गरिरहेको बताए । उनले उद्यमशीलताको विकासका लागि ध्यान दिइरहेको बताए । सरकारी जागिर थोरैले प्राप्त गर्ने बताउँदै उनले उद्यमशीलतामा जोड दिइरहेको उल्लेख गरे ।
14
Shares
२७ फाल्गुन २०८१, मंगलवार १६:०३