काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय गरिरहेका गतिविधि दण्डनीय भएको सत्तारुढ दल नेकपा एमालेले बताएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए ।

पूर्वराजा शाहको निर्देशन र उक्साहटबाट उत्सृङ्खल गतिविधि भइरहेको भन्दै उनले त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान अवमूल्यन गर्ने काम भइरहेका छन्,’ बर्तौलाले भने, ‘पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन जरुरी छ ।’

14
Shares
२७ फाल्गुन २०८१, मंगलवार १५:२४