अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले मानवताविरुद्धको अपराधको आरोप लगाउँदै डुटेर्टेविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।
हङकङबाट फर्किएपछि फिलिपिन्सको राजधानी मनिला विमानस्थलबाट उनलाई प्रहरीले पक्राउ गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।सन् २०१६ देखि २०२२ सम्म दक्षिणपूर्वी एसियाली राष्ट्रको राष्ट्रपति रहँदा डुटेर्टेले लागुऔषध विरोधी कारबाहीको नेतृत्व गरेका थिए । उक्त कारबाहीमा हजारौंको मृत्यु भएको थियो।
आफ्नो सम्भावित गिरफ्तारीको बारेमा बोल्दै उनले आफू जेल जान तयार रहेको स्पष्ट पारेका थिए ।