विराटनगर- कोशी प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन बहिष्कार गर्ने गरी घुर्की देखाएको प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अन्ततः बैठकमा सहभागिता जनाउने भएको छ ।

मंगलबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र केन्द्र कोशी प्रदेश संसदीय दलको नेता इन्द्र आङ्बोबीचको बिहान एक होटलमा भएको छलफलपछि प्रधानमन्त्री ओलीको सम्बोधनका क्रममा प्रदेशसभा बैठकमा केन्द्र बस्ने भएको हो ।

सो बारे प्रमुख सचेतक आङ्ग्बोले भने,’हामीले जे सन्दर्भ राखेका थियौं, त्यसलाई सम्बोधन गर्ने भइसकेपछि अहिलेको छलफल सकारात्मक भएको छ । यद्धपी, विपक्षी दलहरुसँग छलफल गरेर निर्णयमा पुग्छौं ।’

दिउँसो दुई बजे प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि, पूर्व जानकारी तथा सनम्बवय नभएको जनाँउदै माओवादीसहित विपक्षीले सोमबार नै बैठक बहिस्कार गर्ने चेतावनी दिएका थिए।

7
Shares
२७ फाल्गुन २०८१, मंगलवार १५:१६