काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त भएको उपलब्धि पल्टाउने प्रयास भएको बताएका छन्।

मंगलबारको संसद् बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। राजतन्त्र पक्षधरहरूले अहिलेको व्यवस्था पल्टाउन थालेको भन्दै उनले त्यसकाविरुद्धमा लड्नुपर्ने अवस्था आएको बताए।

‘अहिले सरकारबाट जनता निराश छन्। हामी सरकार र प्रतिगामी तत्वहरूकाविरुद्ध भिड्नुपर्ने अवस्था आएको छ,’ उनले भने। गणतन्त्रका लागि हरेक ढुंगामा जनताको रगत बगेको प्रचण्डले बताए। गणतन्त्र माओवादीले मात्र नभएर देशका सिमान्त जनताको बलिदानबाट आएको र यो व्यवस्थाभन्दा अर्को कुनै व्यवस्था राम्रो नहुने बताए।
7
Shares
२७ फाल्गुन २०८१, मंगलवार १५:१३