लमहीमा टस जितेर पहिले ब्याटिङ गर्दै गण्डकीले दिएको २ सय २० रनको लक्ष्य सुदुरपश्चिमले ४३ ओभरमै ४ विकेट गुमाएर पुरा गर्यो। सुदुरपश्चिमको जितमा किरण ठगुन्नाले १ सय २१ रनको सानदार नटआउट इनिङ खेले। त्यस्तै नारायण जोशीले ३८ रन बनाएँदा खड्क बोहराले १९ तथा निश्चल क्षेत्रीले १८ रन बनाएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीका लागि अर्जुन कुमालले ५७ रनको अर्धशतकीय इनिङ खेल्दा दिपक डुम्रेले ६० रनको अर्धशतकीय इनिङ खेलेका थिए। सुदूरपश्चिमका लागि शेर मल्लले सर्वाधिक ३ विकेट लिए। यसअघि पहिलो खेलमा सुदुरपश्चिम कर्णाली प्रदेशसँग पराजित भएको थियो।त्यस्ते सोमबारनै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गर्याे। पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो। आर्मीका लागि सन्तोष कार्कीले ७६ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक विनोद भण्डारीले ४७ रन बनाउँदा विवेक यादवले ३० तथा कुशल मल्लले २६ रन बनाए। त्यस्तै त्रित राज दासले ३६ रन बनाएका थिए।
२ सय ६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो। बागमतीका लागि विवेक मगरले ५१ रन बनाउनु सर्वाधिक रह्यो। आर्मीका लागि साहव आलमले ४ विकेट लिंदा आकाश चन्दले ३ र सोमपाल कामी, नरेन साउद र वसिर अहमेदले समान १–१ विकेट लिए। बगामतीको यो लगातार दोस्रो हार हो। यसअघि प्रतियोगितामा लुम्बिनी प्रदेश एपिएफ र कर्णालीले विजयी सुरुवात गरेका छन्।