रुपन्देही । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले केही बेरअघि उच्च अदालत तुलसीपुर पुगेका छन् ।

सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले दिएको आदेश बदरको माग गर्दै उनी उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतले १ करोड रूपैयाँ धरौटीमा छाड्न उनलाई आदेश दिएको थियो ।

जिल्ला अदालतको आदेशमा उनले चित्त बुझाएका छैनन् । उक्त आदेश बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिने तयारी गरेको कानुन व्यवसायी पशुपति भण्डारीले बताए ।
7
Shares
२६ फाल्गुन २०८१, सोमबार १५:०९