विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा विवादका कारण स्थगित भएको छ । गणपूरक सदस्य संख्या नपुगेपछि नयाँ नेतृत्व चयन नभइ अधिवेशन एवं साधारणसभा स्थगित भएको हो ।

विराटनगरको एयरपोर्ट मोडस्थित एक होटलमा शुक्रबार साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको थियो । साधारणसभालाई वैधानिकता प्रदान गर्नका लागि संघमा आबद्ध कूल सदस्य संख्या २ सय ५१ को दुईतिहाइ बहुमत सदस्य संख्या १ सय ६८ पुग्नु पर्ने थियो ।

तर, उपस्थिति पुस्तिकामा १ सय ४४ सदस्यले मात्र हस्ताक्षर गरेपछि गणपूरक संख्या नपुगेको हो । नयाँ नेतृत्व समेत चयन गर्ने अधिवेशनको उद्घाटन सत्रमा आयोजक कमिटिको निमन्त्रणा स्वीकार गर्दै उपस्थित भएका २ पक्षले प्यानलसहित उम्मेदवारीसमेत घोषणा गरेका थिए ।

अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा रहेको एउटा समूह र सदस्य नरबहादुर भण्डारी नेतृत्वको अर्को समूहले उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जालमा प्रचार सुरु गरेका थिए । तर, अन्तिम समयमा भण्डारी पक्षका सदस्यले ‘माइन्यूट’मा हस्ताक्षर नगरेपछि अधिवेशन स्थगित हुन पुगेको हो ।

 
42
Shares
२६ फाल्गुन २०८१, सोमबार १५:०६