विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् । प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने बैठकमा सहभागी नहुने प्रतिपक्षी दलहरुले बताएका छन् । वर्तमान प्रदेश सरकार संसदप्रति उत्तरदायी नभएका कारण प्रधानमन्त्रीको सम्बोधनमा उपस्थित नहुने बताएका हुन् ।

‘सरकार संसदप्रति उत्तरदायी छैन, यस्तो अवस्थामा प्रधानमन्त्रीको सम्बोधनका बेलमा उपस्थित हुन नहुनुको अर्थ हुँदैन,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘ यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनका बेला संसदमा उपस्थित हुँदैनौं ।’ उनका अनुसार प्रधानमन्त्रीको सम्बोधनका विषयमा विपक्षी दलहरुसँग सरकारले कुनै छलफल गरेको छैन ।

‘ प्रमुख प्रतिपक्षी दलले बोलेको बेला मुख्यमन्त्री संसदमा आउनु भएन, अहिलेस्म्म विपक्षीले उठाएका विषयका बारेमा संवेदनशील भएर छलफलमा बस्नु भएको छैन,’संसद सरकारको कारिन्दा भएर बस्दैन उनले भने,‘ सरकारलाई संसदको जरुरत नपर्ने केबल कारिन्दा ठान्ने अनि उहाँहरुले भनेका बेला हामी उपस्थित हुनुपर्छ भन्ने कुनै बाध्यता छैन, यथास्थितिमा छलफलमा जाँदैनौ ।’

21
Shares
२६ फाल्गुन २०८१, सोमबार १५:०४