‘फस्ट रनअप’ र ‘सेकेण्ड रनअप’ले क्रमश ४० हजार र २५ हजार नगदसहित ‘गिफ्ट ह्याम्पर’ पाएका थिए । प्रतियोगितामा १ स्कुटरमा २ जनाको दरमा ६० वटा स्कुटरको सहभागी रहेको विराटनगर ‘प्राइम राउन्ट’ टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागीले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए ।
‘प्रतियोगितामा भाग लिने प्रतियोगीहरुका लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगीहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलगअलग संकेत र ‘टास्क’हरु रहेको थियो । यसरी पूरा गरिएका ‘टास्क’का आधारमा सहभागी प्रतियोगीहरुले नम्बर प्राप्त गरेका थिए ।सोही नम्बरकै आधारमा प्रतियोगीहरुबाट विजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगीहरुलाई नोबेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए ।