पुलिस अर्को विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै बिहीबार सेमिफाइनल पुगेको हो । चर्च ब्वाइज मच्छिन्द्र क्लबलाई २–० गोल अन्तरले निराश बनाउँदै शनिबार सेमिफाइनल पुगेको थियो ।
लिग बिजेता चर्च ब्वाइज र विभागीय टोली पुलिसबीचको खेल निक्कै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । २ टोलीबीचको भिडन्तपछि विराट गोल्डकपको फाइनल समीकरण पूरा हुने छ । खेल साँझ ६ः३० बजेपछि सुरु हुने छ ।अन्तिम सेमिफाइनलको विजेताले गोल्डकपको फाइनलमा थ्रीस्टार क्लबको सामना गर्नुपर्ने छ । थ्रीस्टार आइतबार पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै प्रतियोगिताको उपाधिनजिक पुगेको टिम हो ।