काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ। सार्वजानिक क्यालेन्डरअनुसार पुरुष टिम घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा वर्षभरि व्यस्त रहँदा महिला टिमले भने सीमित घरेलु प्रतियोगिताहरु खेल्दा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भने व्यस्त रहने छ।

सार्वजनिक क्यालेन्डरअनुसार पुरुष टिम वर्षभरि घरेलु प्रतियोगितामा व्यस्त हुँदा १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यतालिका रहेको छ।

क्यानले सार्वजनिक गरेको कार्यतालिकामा विशेष गरी टी-२० विश्वकप छनोट र जारी विश्वकप लिग-२ का खेलहरुलाई ध्यानमा राखेर ‘क्यालेन्डर’ निर्माण गरिएको छ। त्यस्तै, महिलाका लागि पनि टी-२० विश्वकप छनोटलाई मुख्य रुपमा राखिएको छ।

पुरुष क्रिकेटको घरेलु कार्यातालिका


– जय ट्रफी पुरुष एलिट कप (जनवरी)
– पिएम कप जिल्ला र प्रदेश (फेब्रुअरी)
– पिएम कप (मार्च)
– राष्ट्रिय टी-२० च्याम्पियनसिप (अप्रिल)
– दसौं राष्ट्रिय खेलकुद र नेपाल ए टिम सिरिज (मे)
– नेपाल ए टिम सिरिज र क्यान लेभल वान कोचिङ र क्युरेटर्स कोर्ष (जुन)
– क्यान लेवल वान र लेभल टु अम्पायरिङ कोर्ष (जुलाई)
– एनपिएल मिनी अक्सन (अगस्ट)
– नेपाल ए टिम टुर (भारत/बंगलादेश)
– प्रदेश स्तरीय प्रतियोगिताहरू (अक्टोबर)
– नेपाल प्रिमियर लिग (नोभेम्बर)
– महानगरपालिका कप (डिसेम्बर)

पुरुष टोलीको अन्तर्राष्ट्रिय क्यालेन्डर


– हङकङ सिरिज (अप्रिल ९-१३- हङकङ, नेपाल, कतार, नामिबिया)
– विश्वकप लिग-२ अघि युके भ्रमण (मे १५-३०)
– आइसिसी विश्वकप लिग-२ (आयोजक स्टकल्यान्ड, नेपाल र नेदरल्यान्ड्स- जुन २-१२)
– स्कटल्याण्डविरुद्ध नेपाल टी-२० सिरिज
– टी-२० विश्वकप छनोटको तयारी (श्रीलंका)
– भारतका विभिन्न स्थानमा पकेट क्याम्प
– अस्ट्रेलियाको नेपाल भ्रमण (टी-२० विश्वकप छनोट तयारी)
– टी-२० तयारीका लागि स्थायी सदस्यसँग सिरिज (युएई)
– विश्वकप छनोट (अक्टोबर १-१७,ओमान)
– यूएईमा विश्वकप लिग-२ (युएई, अमेरिका,नेपाल- अक्टोबर २३-नोभेम्बर ४)
– हङकङ सुपर सिक्सेस (नोभेम्बर पहिलो साता)
– ओमानसँग दुई खेलको एकदिवसीय सिरिज,नेपालमा ओमान र युएईसँग आइसिसी विश्वकप लिग-२ र ओमानसँग तीन खेलको टी-२० सिरिज (डिसेम्बर २०२५)

महिला घरेलु प्रतियोगिता


– प्रधानमन्त्री कप (जनवरी)
– दसौं राष्ट्रिय खेलकुद (मे)
– महिला एलिट कप-५० ओभर (अक्टोबर)
– पोखरा वा भैरहवामा क्याम्प (डिसेम्बर)

महिला अन्तर्राष्ट्रिय प्रतियोगिता


– नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसँग सिरिज (जनवरी, फेब्रुअरी)
– दुई साताको बन्द प्रशिक्षण (फेब्रुअरी)
– युगान्डामा चार देशीय सिरिज (मार्च)
– भुटानको नेपाल भ्रमण (अप्रिल)
– महिला टी-२० विश्वकप छनोट-थाइल्यान्ड (मे)
– महिला इमर्जिङ टिम्स एसिया कप – थाइल्यान्ड (जुन)
– नेपाल टी-२० सिरिज- नेपाल, मलेसिया र युएई (सेप्टेम्बर)
– श्रीलंकाको नेपाल भ्रमण, प्रस्तावित (अक्टोबर)
– नेपालमा युगान्डा, युएई र नेदरल्यान्ड्सको सिरिज (डिसेम्बर)

7
Shares
२४ फाल्गुन २०८१, शनिबार १६:४१