‘युवा नेतृत्व, व्यक्तित्व विकास र सक्षम युवा जनशक्ति उत्पादनसँगै सामाजिक कार्य’ भन्ने मूलनाराका साथ स्थापना दिवस मनाउने क्रममा उत्कृष्ट नारी सम्मानबाट प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव राधिका थपलियालाई सम्मान गरेको छ । सो अवसरमा रक्तदानसमेत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसिजका पूर्वराष्ट्रिय अध्यक्ष फुलकुमार लालवाणी, विराटनगर जेसिजका पूर्वअध्यक्ष श्यामसुन्दर पौडेल (मिलन), विराटनगर जेसिजका अध्यक्ष प्रितेशराज दाहाललगायतले शुभकामना व्यक्त गरे ।विराटनगर जेसिजको ५२ औं स्थापनामा नारी सम्मान
विराटनगर । विराटनगर जेसिजको ५२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । जेसिजले दिवस मनाउने क्रममा एक जना नारीलाई ‘नारी सम्मान’बाट सम्मानित गरेको छ ।