चर्च ब्वाईज र एनआरटीबीचको खेल सकिएपछि विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा हुने छ । आइतबारदेखि सेमिफाइनल खेल सुरु हुने छ । शुक्रबार राति सम्पन्न खेलमा थ्रीस्टार क्लब ‘डिफेन्डिङ च्याम्पियन’ मच्छिन्द्र एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको छ । पहिलो सेमिफाइनल खेलमा थ्रीस्टार र विभागीय टोली त्रिभूवन आर्मीबीच प्रतिस्पर्धा हुने छ ।
विराट गोल्डकपमा चर्च ब्वाईज र एनआरटी भिड्दै
विराटनगर । विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज चर्च ब्वाईज युनाईटेड र एनआरटी भिड्दै छन् । सहिद रंगशालामा साँझ ६:३० बजेपछि खेल सुरु हुने आयोजकले जनाएको छ । चर्च ब्वाईज र एनआरटीबीच अन्तिम क्वार्टर फाइनल खेल हुने भएको हो । प्रतिस्पर्धा निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।