विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीमा इन्स्पेक्टर (प्रहरी निरीक्षक) राकेश यादवलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यसम्पादन क्षमता कमजोर हुनुका साथै शान्ति सुरक्षाको अवस्था मजवुत बनाउनका लागि भूमिका खेल्न नसकेको भनेर इन्स्पेक्टर यादवलाई कोशी प्रदेश प्रहरी गण रानी तानिएको हो ।

यादवलाई हटाएर उनको ठाउँमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत इन्स्पेक्टर रन्जन बराललाई पठाइएको छ । उर्लाबारी प्रहरी प्रमुखको जिम्मेवारी पाएका बराल बुधबार साँझ नै हाजिर भइसकेका छन् । उर्लाबारीमा इन्स्पेक्टर इन्चार्ज हुन्छन् ।

28
Shares
२२ फाल्गुन २०८१, बिहीबार १९:०५