दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्री स्टेटमा बुधबार बिहान बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान ४ः२० बजे दुर्घटना हुँदा कम्तीमा २७ जना घाइते भएका छन् । रेडर्सबर्ग र स्मिथफिल्डको बीचको सडकमा ३५ यात्रु बोकेको बस ट्रकसँग ठोक्किएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा २ वर्षीया बालिका, ६ जना महिला र ३ जना पुरुष छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ट्रक र बसका चालक सकुशल छन् ।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलमा आपतकालीन टोली खटिएको छ ।
56
Shares
२२ फाल्गुन २०८१, बिहीबार ०९:१३