इटहरीस्थित यातायात कार्यालयबाट आएका उनी अधिकृत (आठौं तह) हुन्।
आफ्नो जिम्मेवारी सम्हाल्न आइपुगेका उनले लाइसेन्स नवीकरण लगायत, ट्रायल जस्ता कामहरुमा सेवाग्राहीलाई सहजीकरण गर्ने उनले बताए।यसैगरी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा, सवारी साधन पास गर्ने लगायतका काममा पनि सहजीकरण गरी सेवाग्राहीलाई सजिलो बनाइने कार्यालय प्रमुख कार्कीले बताए ।
लाइसेन्स लिने, नवीकरण गर्ने जस्ता विभिन्न काममा झन्झट ब्यहोर्नुपर्ने अनि निकै ढिलाइ हुने गरेको आम गुनासो छ।यस्तो गुनासो हुन नदिने गरी समन्वय गरेर सन्तुलित रुपमा काम गरिने कार्यालय प्रमुख कार्कीको भनाइ छ ।
उनले यसअघि पनि विराटनगरस्थित कार्यालयमा काम गरिसकेका छन्।