विराटनगर । विराटनगरमा सुनचाँदी पसल (ज्वेलर्स)बाट कानुनविपरीत वित्तीय कारोबार गरेको आरोपमा पक्राउ परेका व्यवसायी छुटेका छन् । विराटनगर महानगरपालिका–८ घर भएका सुनचाँदी व्यवसायी ३९ वर्षीय पवन श्रेष्ठलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको हो ।

न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले धरौटीबापत १ लाख ५० हजार रूपैयाँ लिएर तारेखमा छाड्न सोमबार आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार आदेशलगत्तै धरौटीबापतको रकम बुझाएर श्रेष्ठ छुटेका छन् । विराटनगर–७ मेन रोडमा चाँदनी गहना सो–रुम नाम दिएर ज्वेलर्स सञ्चालन गर्दै आएका श्रेष्ठलाई मोरङ प्रहरीले माघ २१ गते सुनसरीबाट पक्राउ गरेको थियो । प्रहरीका अनुसार सर्वसाधारणको करोडौं रूपैयाँ ठगी गरेर उनी फरार भएका थिए ।
28
Shares
२० फाल्गुन २०८१, मंगलवार १९:५२