इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा नाइलनको डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
विवाहित युवा–युवती झुन्डिएको अवस्थामा मृत फेला
विराटनगर । मोरङको पथरीशनिश्चरेमा आज (सोमबार) बिहान विवाहित युवा–युवती एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ ।