काठमाडौं । युक्रेन युद्धबारे छलफल गर्न बेलायतले आयोजना गरेको आपत्कालीन बैठकमा बेलायत र फ्रान्सले युक्रेनलाई एक महिने युद्धविरामको प्रस्ताव गरेका छन् ।

युक्रेनसम्बन्धी बैठकमा बेलायत र फ्रान्सले हवाइ र जल मार्गबाट हुने रुसी आक्रमण रोक्न एक महिने युद्धविरामको प्रस्ताव अघि सारेको फ्रान्सका राष्ट्रपति इमानूएल म्याक्रोंले बताए ।

यस्तै, आगमी दिनमा शान्ति सेना र युरोपेली सैनिक युक्रेनी भूमिमा तैनाथ गरिने समेत उहाँले जानकारी दिए। युक्रेन युद्धको प्रस्तावलाई मध्यनजर गर्दै युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि सम्बोधन गरेको बीबीसीले जनाएको छ ।

युद्ध समाप्त गर्न बेलायती प्रधानमन्त्री स्टार्मरले सार्वजनिक गरेको चार बुँदे योजनामा युक्रेनलाई सैन्य सहायता निरन्तर हुने र रुसलाई आर्थिक मन्दीको दबाब सिर्जना गरिने, युक्रेनको सार्वभौमसत्ता, सुरक्षा र कुनै पनि शान्ति वार्तामा युक्रेन सहभागी हुने, युक्रेनको रक्षा क्षेत्रलाई बलियो बनाउने र चौथो युद्धविराम सम्झौतालाई रक्षा गर्न र शान्ति कायम गर्न युरोपेली मुलुकले गठबन्धन गर्ने बताइएको छ । सो गठबन्धनले युक्रेनको पक्षमा अमेरिकी सहायोग जुटाउनसमेत प्रयास गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, जेलेन्स्कीले अमेरिकासँग दुर्लभ खनिजसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताए ।

गत शुक्रबार ह्वाइट हाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पसँग भएको तनावपूर्ण वार्तापछि जेलेन्स्कीले खनिजसम्बन्धी सम्झौता गर्न तयार रहेको बताए ।

35
Shares
१९ फाल्गुन २०८१, सोमबार ११:१२