अध्यक्ष मण्डलको सदस्यमा केन्द्रीय सदस्य रामलाल साह, प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय सल्लाहकार कमिटी सदस्य यशोदा अधिकारी, पूर्वअध्यक्ष ऋषिकेश पोखरेल र प्रदेश कमिटी सदस्य खेम नेपाली छन् ।
एमालेको जिल्ला नेतृत्व चयनका लागि हुने निर्वाचनको प्रक्रियालाई अघि बढाउन वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको छ । यज्ञ शर्माको संयोजकत्वमा रूपेश खतिवडा, केदार कार्की, कञ्चनकला वर्मा र डिल्ली कर्ण प्रसाई रहेको माइन्युट लेखन कमिटी गठन गरिएको छ ।अध्यक्ष मण्डलले आइतबार बिहान ८ बजदेखि बन्दसत्र सञ्चालन गर्ने छ । बन्दसत्रमा राजनीतिक एवं सांगठानिक र आर्थिक प्रतिवेदन पेस हुनेछ । छलफल सकिएर प्रतिवेदन हलबाट पारित भएपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ ।
अधिवेशनमा संस्थापन र इतर पक्षबाट २ वटा प्यानल बनेको छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।अधिवेशनका लागि ९ सय १४ प्रतिनिधि चयन गरिएको छ । संस्थापन पक्षले राजकुमार ओझा र इतर पक्षले अजम्बर राईलाई जिल्ला अध्यक्षको पमा अघि बढाउने तयारी गरेको छ ।