विराटनगर । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका छन् ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रमुख अतिथि बनेका बादलले राजनीतिक स्थिरताका निम्ति एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने बताएका हुन् । उनले एमालेमा पछिल्लो समय गुट रहेको बताउँदै गुट अन्त्य गरेर पार्टी बनाउनुपर्ने बताए ।

उनले माओवादी केन्द्र, जसपा, रास्वपासहित साना दलको नाम लिएर साना दल अवसरवादी भएको आरोप लगाए । साना दलले राजनीतिक अस्थिरता र विभेद अन्त्य गर्न नसक्ने उनले बताए । उनले एमालेले मात्रै अवस्था बदल्न सक्ने बताए ।

अस्थिरता, असमानता र सामाजिक विभेदको अन्त्य समाजवादले मात्रै समाधान गर्न सक्ने उल्लेख गर्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए । जिल्ला अधिवेशनबाट सहमतिका आधारमा नयाँ नेतृत्व चयन गर्न नसके गुटबन्दी नगरी प्रक्रियामा जान आग्रह गरे ।

77
Shares
१७ फाल्गुन २०८१, शनिबार १८:४४