विराटनगर । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र कांग्रेसबीचकाे सात महिनाको सहकार्यकाे सकारात्मक परिणाम देखिन थालेकाे बताएका छन् ।

एमाले माेरङकाे १० औँ जिल्ला अधिवेशनमा बाेल्दै उनले दुई ठूला दलसँगकाे सहकार्यले सकारात्मक परिणाम देखिएको बताएका हुन् । उनले देशमा स्थायित्वका लागि दुई दलकाे गठबन्धन गरेर अघि बढेको बताए । सरकारले सहकारी ठगीका मुद्दामा कठाेर भएर काम गरिरहेकाे बताए ।

उनले सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सहिद परिवारकाे याद आएर अभियानमा निस्किएको दाबी गरे ।

उनले जिल्ला अधिवेशनबाट सहमतिका आधारमा नेतृत्व चयन गर्न पनि आग्रह गरे । पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिए ।

98
Shares
१७ फाल्गुन २०८१, शनिबार १५:३३