जापानको कुल जनसङ्ख्या यस महिना १२ करोड ३५ लाख ४० हजार जना पुगेको आन्तरिक मामिला मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो सङ्ख्या एक वर्षअघिको तुलनामा शून्य दशमलव ४६ प्रतिशतले कम हो ।
शिक्षाको उच्च लागत, स्थिर अर्थव्यवस्था र जीवनशैलीमा परिवर्तनले युवाहरूलाई परिवार शुरू गर्न निरुत्साहित गरेको खबरमा उल्लेख छ ।