सन् २०२३ को अक्टुबर ७ तारिखमा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले पनि हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण शुरू गरेको थियो । गएको जनवरी १५ तारिखमा युद्धविराम सम्झौता भएको थियो ।
यो सम्झौतासँगै एकअर्काले बन्दी मुक्त गर्दै आएका थिए । तर हमासले बन्धकको रिहाइ बन्द गर्ने घोषणा गरेपछि युद्धविराम सम्झौता कार्यान्वयनमा समस्या निम्तिएको छ । यससँगै युद्धविराम कायम राख्नका लागि कूटनीतिक प्रयास पनि तीव्र भएको छ ।
नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएर गाजा क्षेत्रतर्फ लगेको ठानिएको थियो । तर उनको अवस्था अहिलेसम्म थाहा हुनसकेको छैन ।