भारतको संघीय राजधानीसमेत रहेको दिल्ली विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले बहुमत प्राप्त गरेको छ । बुधवार सम्पन्न मतदानको मतगणनाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाले बहुमत प्राप्त गरेको हो । ७० मध्ये भाजपासहितको गठबन्धनले ४७ सीट जितेको छ । अझै एक सीटमा अगाडि छ ।
यस्तै अहिलेका मुख्यमन्त्री अरविन्द केजरीवालको पार्टी आम आद्मी पार्टीले २१ सीटमा जीत हासिल गरेको छ । दिल्लीमा सरकार बनाउन ३६ सिट जित्नुपर्छ । कंग्रेस आईले कुनै पनि सिटमा जीत हासिल गर्न सकेन । दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल नै यसपालि पराजित भएका छन्‌ । उनलाई भाजपाका प्रवेश शाहिब सिंह वर्माले पराजित गरेका हुन् ।
केजरीवाल यस अघि लागतार दुई पटक दिल्लीको मुख्यमन्त्री रहेका थिए  । केजरीवाल जाँडरक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको अभियोगमा गत मार्च २१ मा पक्राउ परेका थए ।

२७ वर्षपछि भारतीय जनता पार्टीको नेतृत्वमा सरकार बन्ने भएको हो ।

42
Shares
२६ माघ २०८१, शनिबार १८:४४