बीपी प्रतिष्ठानका डाक्टरले निकाले महिलाको पेटबाट १८.६ किलोकाे ट्युमर
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाको डिम्बासयबाट १८.६ किलो ट्युमर निकालिएको छ । प्रतिष्ठानका डाक्टरहरुले ३९ वर्षीया महिलाको डिम्बासयबाट १८.६ किलोको ट्युमर निकालेका हुन् ।
मोरङकी ती महिलाको शल्यक्रिया प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा.रमेश श्रेष्ठको नेतृत्वको टोलीले गरेको थियो ।