यसपालि हिउँदे वर्षा कम भएकोले डढेलोको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको हिउँदमा औसत वर्षाको झन्डै १० प्रतिशतमात्रै पानी परेको छ । अझ बितेको २० दिनदेखि त पानी परेकै छैन ।
गएको वर्ष देशभरका जङ्गलमा गरी ५ हजार वटाभन्दा धेरै ठाउँमा डढेलो लागेको थियो । यस वर्ष सुक्खा अझ बढेकोले डढेलोका घटना बढ्नेतर्फ सचेत हुनुपर्ने डढेलोविद् डा. कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार धेरैजसो डढेलोका घटना मानवीय कारण हुने भएकोले डढेलोको जोखिमबारे बुझाएर समस्या कम गर्नसकिन्छ ।