सरस्वती पूजाकै अवसरमा विद्यालयमा नृत्य, गायन, तेक्वान्दो, परेड सो, र्याम्प वक, ज्येष्ठ अभिभावक सम्मान, विद्यालय कर्मचारी सम्मान कार्यक्रमका साथै अक्षरारम्भ कार्यक्रम पनि गरिएको थियो ।

विद्यालयले प्रत्येक वर्ष सरस्वती पूजाका दिन भजन कीर्तन प्रतियोगिता गर्दै आएको छ ।
नेपाली समाजमा रहेको परम्परागत संस्कृतिलाई जगेर्णा गर्नमा टेवा पुगोस भन्ने उद्देश्यले भजन कीर्तन प्रतियोगिता राखिएको स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले जानकारी दिए ।
उक्त कार्यक्रम मोदरल्याण्ड स्कुलले विराटनगरमा गरेर नौलो सुरुवात गरेको कार्यक्रममा सहभागीहरुले बताएकाछन् ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको सहभागिता रहेको थियो।
सोमबार सम्पन्न प्रतियोगितामा रामजानकी आमा समूह प्रथम भएकाे हाे । प्रथम भएकाे रामजानकी आमा समूहले २१ हजार प्राप्त गरेकाे छ । दाेस्राे भएकाे पञ्चेश्वोर भजन कीर्तन मण्डलीले १६ हजार, तेस्राे भएकाे लक्ष्मी नारायण भजन मण्डलीले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकाे छ ।
प्रतियोगितामा चौथोदेखि छैटौँ हुने टोलीले ४ हजार रुपैयाँ पाए भने अन्य सहभागी टाेलीले सान्त्वना पुरस्कार स्वरुप ३ हजार प्राप्त गरे । प्रतियोगितामा महानगरभित्रका ३२ वटा भजन मण्डलीको सहभागिता थियो ।
सो प्रतियोगिताको निर्णायकमा माधवशरण घिमिरे, सत्यनारायण चौधरी र मणिराज दाहाल थिए ।
विजेतालाई कोशी प्रदेशसभाका सदस्य भीम पराजुली, स्कुल व्यवस्थापन समितिकी अध्यक्ष गीता गौतम र स्कुलका प्रिन्सिपल मोहन बुढाथोकीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे।