अध्ययनअनुसार जलवायु परिवर्तनले तातो र सुक्खा मौसमी अवस्थाहरूलाई अझ खराब बनाउन ३५ प्रतिशत भूमिका खेलेको छ । विश्वव्यापी रूपमा मान्यता प्राप्त वर्ल्ड वेदर एट्रिब्युसनको अध्ययनले जलवायु परिवर्तन र मौसमी अवस्थालाई जोडेर निष्कर्ष निकालेको हो ।
अनुशन्धानकर्ताले लस एन्जलसका जङ्गलमा आगो लाग्ने याम लम्बिँदै गएको तर पछिल्लो समय पानी परेपछि आगो कम हुँदै गएको छ । अब आगलागी नियन्त्रणमा आउने उनीहरूले विश्वास लिएका छन् ।वैज्ञानिकहरूले यो आगलागी जटिल अवस्थामा पुग्नुमा धेरै कारणहरू भए पनि तीव्र गतिमा आगो फैलिएर सङ्कटको अवस्था आउनुको मुख्य कारण तातो मौसम नै भएको दाबी गरेका बीबीसीले जनाएको छ ।
उनीहरूले १९औं शताब्दीको मध्यदेखिकै गर्मीको लहर, खडेरी, बाढी र आगलागीको चेतावनी र भएका घटनाबारे अध्ययन गरिहेका छन् । यही जनवरीको शुरुआतदेखि तीव्र गतिमा फैलिएको विनाशकारी आगलागीका कारण झन्डै ३० जनाको ज्यान गएको छ भने १० हजारभन्दा धेरै घर ध्वस्त भएका छन् ।