देशका महत्वपुर्ण पदमा बसेका तथा सामाजिक अभियन्ता र सामाजिक सञ्जालमा पनि पाथिभरा केबलकार निर्माणको बिषयमा सरकार र निर्माण पक्षको चर्को विरोध भइरहेको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यस बिषयमा संवाद र सहमति खोजेर अगाडि बढ्नु पर्ने र सरकारले आन्दोलनकारी प्रति गरेको दमन लोकतान्त्र बिरुद्द भएको बताइएका छन् । ‘मुकुम्लुङ काण्डमा गोली हान्ने प्रहरी होइन ! गोली हान्न आदेश दिने यो सरकार हो ! लोकतन्त्रमा यो घटनाको चौतर्फी विरोध हुनु पर्दछ ! सम्बाद र सहमति खोजौँ ! झगडा र लफडा नरोजौँ !’,मेयर साम्पाङ्गले फेसबुकमा लेखेका छन् ।
यस्तै, सामजिक अभियान्ता हेमराज थापाले पनि पाथिभरा जस्तो धार्मिक क्षेत्र ब्यापारीको हात सरकारले सुम्पेको आरोप लगाएका छन् । उनी सामजिक सञ्जाल फेसबुकमा लेख्छन् , ‘पाथिभरा जस्तो धार्मिक क्षेत्र एक जना ब्यापारिलाई ब्यापार गर्न ठेक्कामा दिन्छ सरकार । अनि स्थानियले यस्तो गर्नु हुदैन भनेर आवाज उठाउँदा दुई जनालाई गोलि ठोकेर घाइते बनाएछ। सार्बजनिक सम्पति लुटेर खाने कार्य जारि छ।’
त्यसैगरी, अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि नो केबलकार आन्दोलनलाई साथ दिएका छन् ।