काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेपाली कांग्रेस र एमालले विगतमा सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्नसक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे।

उनले यस पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्ने भन्दै याे समयमा नेपाली नागरिकले बेनिफिट पाउनुपर्ने बताए।

उनले भने, ‘नेपाली काँग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ। यो पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ। तीन वर्ष भनेको सानो समय होइन। तीन वर्ष ठूला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ। पहिला पनि पाएको थियो।’

उनले विगतमा २०४८ सालमा संविधान,२०७२ मा संविधान पाएको उदाहरण दिँदै अहिले बिग्रेको अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्ने बताए।

उनले भने, ‘हिलेसबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो । अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ। अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ। नत्र सरकार पहिला पनि थिए चलेकै थियो। वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका छौं। निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो। धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ।’

उनले नेपालमा उत्पादन जुत्ता ५० लाख जोर जुनसुकै अवस्थामा पनि निर्यात हुनसक्ने अवस्था रहेको भन्दै नेपाली उत्पादनले नेपालभित्र बजार पाउने सम्भावना ठूलो रहेको बताए।

35
Shares
२७ पुष २०८१, शनिबार १४:४५