केहीअघि सार्वजनिक भएको भिडियोमा उनको बरण्डा र झ्याल बुलेटप्रुफ देखिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
सलमानको घरमा उच्च सुरक्षासहितको विशेष प्रविधि जडान गरिएको सुरक्षा स्रोतको हवाला दिँदै भारतीय सञ्चारमाध्यमहरुले लेखेका हुन्।
गत वर्ष अप्रिलमा मुम्बईस्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो।सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि मर्मत पनि चलिरहेको थियो।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा वन बीएचकेमा बस्छन् भने उनका आमाबुवा पहिलो तलामा बस्छन्।