मोरङका सिडिओ प्रेम प्रसाद भट्टराईको गृह मन्त्रालय सरुवा भएको छ । उनको स्थानमा इन्द्रदेव यादव आएका छन् । यादव सुनसरीमा पनि प्रमुख जिल्ला अधिकारीकाे जिम्मेवारीमा थिए । काठमाडौंका सिडिओ जयनारायण आचार्यकाे गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्रकुमार मिश्रको सुनसरी सरुवा भएको छ ।
सुनसरीका सिडिओ रामचन्द्र तिवारीको गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलाको गृह मन्त्रालय र सर्लाहीका सिडिओ गोपालकुमार अधिकारीको झापा सरुवा भएको छ ।सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सहसचिव गोगनबहादुर हमाल कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठ सर्लाहीको सिडिओ, ऋषिराम तिवारी काठमाडौंको सिडिओमा सरुवा भएका छन् । दाङका सहायक सिडिओ शावित्रा पुनको सल्यान सरुवा भएको छ ।