विराटनगर । प्याब्सन मोरडको १६ औं अधिवेशनबाट जगत बस्नेतको अध्यक्षतामा नयाँ समिति गठन भएको छ । समितिका वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी चयन भएका छन् ।
यसैगरी, उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौला, कोषाध्यक्षमा मणिराज भट्टराई, सहकोषाध्यक्ष केदार पौडेल एवं सहसचिवमा दिपेन्द्र राई निर्वाचित भएका छन् ।
समितिका सदस्यमा ईन्द्र राई, तिलक राई, तेजबहादुर खत्री, हिरा थापा मगर, नन्दलाल मण्डल, नेत्रप्रसाद गड्तौला, प्रकाश भट्टराई, पदमनाथ खतिवडा, महेन्द्र मण्डल, खड्गप्रसाद श्रेष्ठ, रुद्र थापा, जीवत खनाल निर्वाचित भएका छन् ।
यसैगरी, महाधिवेशन प्रतिनिधिहरुमा गोबिन्दबहादुर कार्की, दुर्गाप्रसाद घिमिरे, सुवास पौडेल, नवराज दवाडी, सुरेन्द्र लिम्बु, चण्डीप्रसाद रेग्मी, नोवल किशोर खनाल, दिनेश पोखरेल, निरुप ढकाल निर्वाचित भएका छन् ।