गीतमा कविता खत्री र खेम सेन्चुरीको सुमधुर स्वर रहेको छ। गायकद्वयलाई रूपी सिन्जाली, ज्ञानु परियार, रमेश परियार र राजु सुनामले काेरश भाेकल थपेका छन्।
कविता खत्री युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे गीतकाे शब्द र संगीत रमेश परियार,संगीत संयोजन विश्वास नेपालको रहेको छ । अशोक विश्वकर्माको निर्देशनमा तयार पारिएको गीतकाे भिडियोमा पुष्प खड्का र उषा उप्रेतीकाे मुख्य भूमिका रहेकाे छ ।ग्रामीण परिवेशमा आधारित कथा प्रस्तुत गरेकाे बताए निर्दशेक अशाेकले । ‘नमस्ते ढोकदिया’ले नेपाली लोकसंगीत र परम्परालाई सम्मान गर्दै नयाँ पुस्तासम्म पुर्याउने प्रयास गरेको छ। गीतले ग्रामीण जीवनशैली, परम्परागत भेषभूषा, र सामाजिक सम्बन्धको महत्वलाई उजागर गरेको छ ।