सशस्त्र प्रहरी दिवसको सन्दर्भ पारेर ‘सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत फिदिमस्थित गडी माविमा अध्ययनरत दृष्टिविहीन बालबालिकासँगै सुखबोध माध्यमिक विद्यालयमा अध्यनरत फरक क्षमताका विद्यार्थीलाई ट्रयाकसुट वितरण गरिएको हो ।
सशस्त्र प्रहरी नायव उपरीक्षक कुमार बराल नेतृत्वको टोलीले ब्रेल लिपिसहित आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा यहाँ अध्ययनरत १८ जना दृष्टिविहीन बालबालिकालाई ब्रेल लिपिसहितका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।