काठमाडौं। आवासीय चिकित्सकले सरकारीसरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरू स्वास्थ्य र शिक्षामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै निर्वाह भत्ता सरकारी आठौं तहको मेडिकल अधिकृतको (वार्षिक १३ महिनाको) पारिश्रमिकबराबर नभए आन्दोलन गर्ने चेतावानी दिएका हुन् ।

समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।

‘आवासीय चिकित्सकहरू पूर्णकालीन चिकित्सक हुन् र यससम्बन्धी विश्वव्यापी मान्यता फ्रि पिजी विथ रेस्पेक्टेवल स्टाइपेन्ड हो । अतः हाम्रो मागलाई बेवास्ता गरेर आयोग अघि बढे हामी सशक्त रूपमा प्रतिकारमा उत्रन बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यस अवस्थामा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार आयोग तथा नेपाल सरकार स्वयम् हुने व्यहोरासमेत अनुरोध गर्दछौं ।’

28
Shares
१८ पुष २०८१, बिहीबार ०९:०६