प्रधानमन्त्री निवास बालुवाटारबाट सार्वजनिक गरिएकाे याे गीत सकारात्मक समाज निर्माण, सम्भावना, समृद्धि र स्थायित्वलगायत प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरूलाई समेटेर तयार पारिएको हो। यसले देशप्रतिको प्रेम, राष्ट्रिय एकता र समृद्ध नेपालको सपनालाई जीवन्त राख्न, हामीलाई आशा, एकता, परिवर्तन, साहस र त्यागका मूल्यहरूलाई आत्मसात् गर्न, सामना गरिरहेका कठिन परिस्थितिहरू, नकारात्मक सोच र अन्धकारलाई पछाडि छोडेर उज्यालो भविष्यको सपना देख्न प्रेरित गर्ने कन्दराले जानकारी दिएको छ।
आशावादी बन्न, एकजुट भएर काम गर्न प्रेरित गर्ने यस गीतले देशको रुपान्तरणका लागि व्यक्तिगत परिवर्तनको महत्त्वलाई उजागर गर्दै विभाजन र द्वन्द्वले होइन एकताले हामीलाई बलियो बनाउँछ भन्ने गीतको सन्देश छ।गीत सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले गीतको प्रशंसा गरे। कन्दराका प्रमुख भोकलिस्ट विवेक श्रेष्ठलाई ओलीले भने, ‘साह्रै राम्रो गाउनुभएको रहेछ, कति मिठो गीत। ठ्याक्कै देशले खोजे जस्तो।’
ओलीले गायक विवेकलाई धन्यवाद दिँदै सन् २०२५ बाट प्रारम्भ गर्न थालेको कन्दराको विश्वभ्रमणको पनि शुभकामना दिए।