काठमाडौं – लेखक तथा निर्देशक विश्वमणि घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने जनचेतनामूलक टेलिश्रृंखला ‘गाउँ फर्क’को लिरिकल गीत सार्वजनिक भएको छ। गीत नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा लगायतलाई देख्न सकिन्छ।

यस्तै गीतमा कलाकारहरू मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक सिवाकोटी, अस्मिता बस्नेत, आसा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देखाइएको छ।

शङ्कर अधिकारी घायलको शब्द, विकाश चौधरीको सङ्गीत र नारायण थापाको स्वर रहेको गीत ‘गाउँ फर्क’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतले गाउँ घरको कथा र बिदेसिएका नेपालीहरूको कथा समेटेको छ।

निर्देशक घिमिरेका अनुसार यो टेलिश्रृंखला धनकुटाको महालक्ष्मी नगरपालिका–४, चानुवामा छायाङ्कन गरिने र नेपाल टेलिभिजनबाट चाँडै प्रसारणमा आउने छ। उनका अनुसार आम नागरिकले टिकटक, फेसबुक, र युट्युब लगायतको सामाजिक सञ्जालमा गाउँ फर्कको गीतमा अडियो लिई भिडियो बनाउँदा कुनै कपिराइट नलाग्ने बताए। गीतको भिडियो सम्पादन श्रीभा सञ्चारको स्टुडियोमा उपेश कोइराला र सुरज ढकालले गरेका हुन्।
28
Shares
१८ पुष २०८१, बिहीबार ०८:४७