प्याब्सन मोरङ निर्वाचनः उपाध्यक्षका उम्मेदवार कँडेलविरुद्ध उजुरी
विराटनगर । पुस १९ गते हुने प्याब्सन मोरङको निर्वाचनमा विवाद देखिएको छ । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका उपेन्द्र कँडेलविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको छ ।
प्याब्सनमा निजी विद्यालयका सञ्चालकहरु सदस्य आवद्ध रहन्छन् । कँडेल मोरङको पथरीस्थित भूपू सैनिक आवासीय विद्यालयमा आवद्ध छन् । उनी आवद्ध भएको विद्यालय गुठीद्धारा सञ्चालित विद्यालय हो । सम्बन्धित उम्मेदवार गुठियार नभएको साथै त्यससम्बन्धी प्रमाणपत्र नभएको उजुरीकर्ताको भनाइ छ । त्यही कारण उल्लेख गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो ।
गुठीद्धारा सञ्चालित विद्यालयको प्रमाणपत्र नभएकोले उनको उम्मेदवारी खारेजी हुनुपर्ने माग राख्दै निर्वाचन कार्यालयमा उजुरी परेको हो । आज सोमबार समय अपुग भएकाले उजुरीउपर मंगलबार छलफल हुने समितिले जनाएको छ ।
निर्वाचनका लागि दुई समूह भएर चुनावी मैदानमा उत्रिएका छन् । जगतबहादुर बस्नेत र सुरेन्द्र सुवेदीको समूह प्याब्सन मोरङको निर्वाचनमा उत्रिएका हुन् ।