विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–६ बह्रमपुरास्थित धरणीधर आधारभूत विद्यालयको अनुगमन गरेका छन् ।

मेयर कोइराला, वडाध्यक्ष हरिशचन्द्र सहनीसहितको टोलीले शिक्षक र विद्यार्थीसित अन्तरक्रियासमेत गरेको थियो । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिका लागिपरेको बताउँदै मेयर कोइरालाले परिणाम देखिने गरी काम गर्न प्रधानाध्यापक र शिक्षकहरुलाई निर्देशन दिए ।

विद्यालयको भौतिक संरचना निर्माण महानगरले जिम्मा लिने बताउँदै मेयर कोइरालाले शैक्षिक गुणस्तर वृद्धिको जिम्मा शिक्षकहरुले लिनुपर्नेमा जोड दिए । तल्लो तहदेखि नै गुणस्तर वृद्धि गर्न सकिए माथिल्लो तहमा नतिजा राम्रो आउने उनको भनाइ थियो ।

उक्त विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ खेम निरौलाले जानकारी दिए । प्रअ निरौलाले विद्यालयमा डुबानको समस्या रहेको बताए । उनले महानगरले नयाँ भवन बनाइदिएपछि वर्षाको समयमा पनि पठनपाठनमा सहज भएको उल्लेख गरे ।

7
Shares
१४ पुष २०८१, आईतवार १९:२५