वडाभित्र अझैपनि छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएका कारण प्रोत्साहन गर्न आफू निर्वाचित भएर आएपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।
प्रोत्साहनलाई निरन्तरता दिँदै यो वर्ष पनि एसईई र १२ कक्षा उत्तीर्ण भएका १५ जना छात्राहरूलाई साइकल वितरण गरिएको उनको भनाइ छ ।अधिकांश किसानहरूको बसोबास रहेको सो वडामा छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउन प्रोत्साहन दिन आवश्यक रहेको उनको भनाइ छ । एसईई उत्तीर्ण भएका ११ जना र कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गर्न थालेका ४ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
वडाध्यक्ष महतोले निर्वाचित भएको वर्ष बडाभरिबाट एसईई पास गरेका १० जना जना छात्राहरूलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरूप वितरण गरेको जानकारी दिए । गत वर्ष वर्ष ३२ जना छात्राहरूलाई साइकल वितरण गरिएको थियो ।