राखेपले शुक्रबार एनओसीलाई पत्र लेख्दै सर्वोच्च अदालतले पुस १३ गते हुने भनिएको नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका गतिविधि नगराउनु भनी अन्तरिम आदेश जारी गरेकोले सर्वोच्च अदालतबाट भएको आदेशको पालना गर्न निर्देशन दिएको हो । राखेपले उक्त पत्र युवा तथा खेलकुद मन्त्रालयलाई पनि बोधार्थ गरेको छ ।
कमल बहादुर चित्रकारको एनओसीको निर्वाचन रोकिपाउँ भनी दायर गरेको रिटमा न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको अन्तरिम आदेशले एनओसीको निर्वाचन गर्न रोक लगाएको थियो ।एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ नेतृत्वले पाटन उच्च अदालतको आदेशको अवज्ञा गर्दै मंसिर १८ गते एनओसीको विशेष साधारण सभा आयोजना गरी विधान संशोधन गरेर पुस १३ गते निर्वाचनको घोषणा गरेको थियो ।