कार्यदलले उक्त प्रतिवेदन गत बुधबार सार्वजनिक गरेको थियो । नक्कली मेडिकल रिपोर्टका कारण गन्तव्य मुलुकहरूले नेपालका स्वास्थ्य संस्थाबाट जारी हुने मेडिकल रिपोर्टमाथि अविश्वास गर्ने परिस्थिति बनेको भन्दै सरोकारवालाहरूले चिन्तासमेत प्रकट गरेका छन् ।
उनीहरूले श्रमिकहरूको स्वास्थ्यजस्तो संवेदनशील विषयलाई संवेदनशील रूपमा नलिई गलत मेडिकल रिपोर्ट दिने कार्यको अनुगमन गरी नियमअनुसार कारबाही गर्नुपर्नेमा श्रम मन्त्रालय गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । श्रम आप्रवासन नीति मस्यौदा टोलीका संयोजकसमेत रहेका श्रम विज्ञ गणेश गुरुङले श्रमिकको स्वास्थ्य परीक्षणसँग खेलबाड गर्नेलाई छुट दिन नहुने बताउँछन् ।नक्कली मेडिकल रिपोर्ट बनाउने संस्थालाई कारबाही गर्न माग
काठमाडौँ — वैदेशिक रोजगारमा जाने श्रमिकको नक्कली मेडिकल रिपोर्ट तयार गर्ने स्वास्थ्य संस्थालाई कारबाही गर्न सरोकारवालाहरूले माग गरेका छन् ।स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदनले स्वास्थ्य संस्थाहरूले श्रमिकको उपस्थितिबिना नक्कली मेडिकल रिपोर्ट बनाइदिने गरेको र त्यसले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको स्वास्थ्य जोखिम रहेको तथ्य उजागर गरेको थियो ।